JanataToday.com

Advertisment

SKIP THIS

कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने

कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने

कपिलवस्तु, ।
विगतका बर्षहरुमा झै यस बर्ष पनि कपिलबस्तुको उदयपुर स्कुलमा तेस्रो माघी महोत्सव हुने भएको छ । थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा –८ कपिलबस्तुको आयोजनामा माघ ३ र ४ गते जिल्लाको मोर्मी स्थित उदयपुर स्कुलमा तेस्रो वडा स्तरिय माघी महोत्वस हुने थारु संस्कृति संक्षण तथा प्रवद्र्धन सभाका उपाध्यक्ष संक्रान्ती थारुले जानकारी गराउनुभयो ।
महोत्सवमा आदिवासी जनजाति समुदायकोे भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकारका स्टल रहनेछन् । महोत्सवमा थारु, मगर, गुरुङ्ग लगायतका विभिन्न समुदायका विभिन्न नाच तथा झाँकीको समेत प्रदर्शनी गरिनेछ ।
विशेषगरी महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स हुने छन्, भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन यस बर्ष मगर, गुरुङ्ग लगायत अदिवासी जनजाति समुदायको विविध संस्कृतिक कार्यक्रम समेत समावेस गरिएको अयोजकले जनाएको छ ।
माघी नजिकिएसँगै यतिबेला थारु गाउँ बस्तीहरुमा छुट्टै रौनकता छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगायतका थारु बस्तीमा माघीको रौनकता बढेको हो । साथै माघी पर्व नजिकिदैै जाँदा विभिन्न ठाउँमा स्टेज माघी महोत्सवलाई लक्षित गरेर स्टेज कार्यक्रमको चहल पहल पनि बढ्न थालेको छ ।
कपिलबस्तुका विभिन्न स्थानमा वडा स्तरिय, नगर स्तरिय र जिल्ला स्तरिय थारु माघी महोत्सवको तयारी तिब्र भएको थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, पुष १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij