शंकरनगर
शंकरनगर दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमाले मानव सेवा आश्रममा खाना खुवाएको छ । मानवीय सेवा अन्तर्गत सो संस्थाले बुटवल सुख्खानगरमा रहेको सो आश्रमका आश्रितको लागि खाना खुवाएको हो । यही पौष उन्नाईस गते हुन गइरहेको रजत जयन्तीको अवसरमा सो संस्थाले विभिन्न रचनात्मक कार्य गरिरहेको हो । सो कार्यक्रममा विभिन्न विशष्ट व्यतित्वको उपस्थिति रहेको थियो ।
यही पौस उन्नाइस गते एक विशेष समारोह गरी भव्यरूपमा रजत जयन्ती मनाउने पनि सो कार्यक्रममा बताइएको छ ।कार्यक्रममा अभियान्ताहरू सरू अधिकारी , रिता थापा , शेरबहादुर गौतम त्यसैगरी सल्लाहकारहरू तिलोत्तमा नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष दधिराम गौतम , क्याप्टेन प्रेम बहादुर भण्डारी पुष्करनाथ पन्थ हुमनाथ पाण्डेय रेश्मीराज पाण्डे , नवराज न्यौपाने , दुर्गा प्रसाद न्यौपाने अनिता खनाल लगायतले बोल्नुभएको थियो ।
२०४८ सालमा स्थापना भएको सो संस्थामा हाल ५४ सेयर सदस्य र गैर सेयर सदस्यसहित दैनिक ७०० सय लिटर दुध संकलन भैरहेको व्यवस्थापक जगन्नाथ कडेलले बताउनुभयो । क्याप्टेन प्रेम बहादुर भण्डारीको अध्यक्षता रहेको सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक जगन्नाथ कडेलले गर्नुभएको थियो
प्रकाशित मिति : बुधबार, पुष १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्