JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी वाणिज्य क्याम्पसमा खेलकुद सप्ताह सुरु

लुम्बिनी वाणिज्य क्याम्पसमा खेलकुद सप्ताह सुरु

बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ । क्याम्पसको स्नातक तहको सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजित खेलकुद सप्ताह अन्तर्गत बुधवार फुटवल प्रतियोगिता, १०० मीटर दौड, छात्रा टेबल टेनिस, बास्केटबल प्रतियोगिता र भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएको छ । प्रतियोगितामा विविए प्रथम सेमेष्टर विजयी भएको छ भने विविएम पाचौ समेष्टर उपविजयी भएको छ । छात्रा टेबल टेनिस प्रतियोगितामा बन्धना तुलाधर प्रथम, कृति सुवेदी दोश्रो भएकि छन ।
यस्तै छात्र १०० मीटर दौडमा सुदिप घिमिरे प्रथम, सामर्थ बस्याल दोश्रो र सुदिप पुन तेश्रो भएका छन भने छात्रा १०० मीटर दौडमा सुन्दरी थारु प्रथम, निकिता नेपाल दोश्रो र पुनम क्षेत्री तेश्रो भएकी विविएम स्पोर्टस सेल संयोजक लक्ष्मी न्यौपानेले जानकारी दिईन ।
क्याम्पसको साताव्यापी कार्यक्रम अन्र्तगत भोलि विहीवार बास्केटबल प्रतियोगिता र भलिबल प्रतियोगिताको अन्तिम चरणका खेल, छात्र टेवल टेनिस प्रतियोगिता, क्रिकेट प्रतियोगिता लगायतका खेल कार्यक्रम रहने बिबिएम कार्यक्रम इञ्चार्ज मधुकर शर्माले जनाउनुभयो । विद्यार्थीहरुको चौतर्फि विकासका लागि क्याम्पसले यसप्रकारको खेलकुद सप्ताह आयोजना गर्दै आएको विविए कार्यक्रम संयोजक ललितमान श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, पुष १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij