गल्मी
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई,मकै जोन गुल्मी को आ. ब०७६र०७७को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मकै जोनको नया विस्तार भएका क्षेत्र अन्तरगत रेसुङ्गा नगरपालिका वडा नं५भुवनपानीमा आज अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा रेसुङ्गा नगरपालिका वडा नं४ र५का नया आबद्ध कृषक समुह,कृषि सहकारी तथा फर्मका २४जना प्रतिनिधि कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम मकै जोन सन्चालक समितीका संयोजक लोकहरी कुवरको अध्यक्षता रेसुङ्गा नगरपालिका वडा नं५ का वडा अध्यक्ष हरी प्रसाद शर्माको प्रमुख आथित्यता,रेसुङ्गा नगरपालिका वडा नं५ का वडासदस्यहरु धनबहादुर नेपाली र देवि कुवर , वडा सचिब शेस नारायण खनालको आथित्यता र मकै जोनकी ब्यवस्थापक पुष्पा श्रीस को सन्चालनमा सम्पन्न भएको थियो ।
उक्त गोष्ठीको सहजिकरण ना.प्रा.स.कुसुम पन्थी,मकै जोनका पुर्व संयोजक कृष्ण प्रसाद घिमिरे, परियोजनाका नायव सुब्बा कमल प्रसाद पाण्डे लगायतले गर्नु भएको थियो । रेसुङ्गा नगरपालिकाका वडा नं४,५र१०मदाने गाउपालिकाका वडा नं.३,४,६र ७ मालिका गाउपालिकाका वडा नं।५,६,७ र ८धुर्कोट गाउपालिकाका वडा नं५र७ ईश्मा गाउपालिकाका वडा नं६ १देखि ६सम्मका सबै वडाहरु गरी जम्मा १९वटा वडाहरुमा मकै जोन गुल्मीका कार्यक्रमहरु सन्चालन भइरहेको परियोजनाका कृषि अधिकृत समिरसिँह बराइ मगरले बताउनु भयो
प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्