नेकपाको पहिलो सचिवालय बैठकः ४४१ सदस्यीय केन्द्रीय समितिले पायो पूर्णता

नेकपाको पहिलो सचिवालय बैठकः ४४१ सदस्यीय केन्द्रीय समितिले पायो पूर्णता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवालय बैठकले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पहिलो सचिवालय बैठकले केन्द्रीय समितिलाई पूर्णता दिएको हो ।

त्यसैगरी, बैठकले तल्लो तहको एकीकरणका लागि तीनओटा छुट्टा–छुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

संगठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न एक मस्यौदा कार्यदल गठन पनि गरिएको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु देव गुरुङ, खिमलाल देवकोटा र बेदुराम भुषाल छन् ।

बैठकले सातओटै प्रदेश र प्रवासको एकीकरणका लागि सुझाव पेस गर्न पूर्वघटकका इन्चार्ज संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि चार–चार सदस्यीय कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलको समायवधि १५ दिन तोकिएको छ ।

त्यसैगरी, बैठकले केन्द्रीय कार्यालयको स्थान निर्धारणका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टीको मूल वैचारिक तथा सैद्धान्तिक लाइन छिट्टै निर्धारण गर्ने र राजीतिक प्रतिवेदन तथा विधान प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij