चित्रबहादुरको प्रस्ताव : प्रदेश सरकार खारेज गरौं

चित्रबहादुरको प्रस्ताव : प्रदेश सरकार खारेज गरौं

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकार खारेज गर्न प्रस्ताव गरेका छन् ।

बुटवलमा रिर्पोटर्स क्लब प्रदेश ५ ले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले प्रदेश सरकारको कुनै भूमिका नै नदेखिएको भन्दै खारेज गर्नुपर्ने बताए ।
‘प्रदेशका सांसद र मन्त्रीको चिया खाने काम मात्रै भयो, नेपाली जनतालाइ आर्थिक भार मात्रै, सांसदको काम खै ? –उनले प्रश्न गरे ।

‘हामी सरकारमा जाँदापनि संघीय प्रणालीको विरोध ग¥यौ, संघीयता बोकेर हिडेका ठेकदारहरुका मनमा पनि अहिले जौं तिल पाकेको छ, बाहिर हुन्छ हुन्छ भन्छन् भित्र हुदैन, नेपालको अस्तित्व नै समाप्त भएमात्रै संघीयता सफल हुन्छ–उनले भने।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख नभएको भन्दै आलोचना गरे ।
सरकारले शब्दमा समाजवाद भनेपनि ठोसमा कुनै पनि स्पष्ट नीति नआएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारको नीतिले जनजीविकाको सवाललाई सम्बोधन नगरेको बताए ।

‘समाजवाद उन्मुख भन्ने तर नीति नै छैन, नीति के हो, कसरी हो, कृषिमा आत्मनिर्भर कृषि नीति, भूमिसुधार नीति के हो, नयाँ पिढीले के गर्ने, रोजगारी कसरी सिर्जना गर्ने, युवाहरु के गरेर बस्ने, आत्मनिर्भर बनाउन के गर्ने, उद्योगधन्दा कलकारखाना खोल्ने नीति खै कुराले बोड्को भरिन्छ ?’–उनको प्रश्न छ ।
यातायातको सिण्डीकेट तोडेकोमा सरकारलाई धन्यवाद दिदै उनले मुलुकमा अझै १४ वटा क्षेत्रमा सिण्डिकेट बाँकी रहेको बताए ।

‘अब शिक्षा, स्वास्थ्य, न्यायपालिकामा पनि सिण्डिकेट छ, अब बांकी १४ सिण्डीकेटरहरुले नै सरकार खाने खतरा छ ।’–उनले भने ।
केसीले एमाले र माओवादी वीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको बताए ।
अध्यक्ष केसीले हालै गठित नेकपासँग आफ्नो पार्टीको एकता नहुने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij