परराष्ट्र मन्त्री भन्छन्– छिमेकी देशसंगको सम्बन्ध सुधारियो

परराष्ट्र मन्त्री भन्छन्– छिमेकी देशसंगको सम्बन्ध सुधारियो

गुल्मी : परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले छिमेकी देशहरुसंग चिस्सिएको सम्बन्ध सुधार भएको बताएका छन् । गृह जिल्ला गुल्मीमा छत्रकोट गाउँपालिका सुरु गरेको गाउँपालिका भित्रमा स्थायी बसोबास गर्ने ४० बर्ष भन्दा माथिका नागरिकहरुलाई पुणै शारीरिक जाँच कार्यक्रमको उदघाटन गर्दै मन्त्री ज्ञवालीले छिमेकी देशहरु चिन र भारतसंग चिस्सीएर रहेको सम्बन्धमा सुधार आएको दाबी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चिनमा उच्च स्तरीय भर्मणले नेपाल र छिमेकी देशको सम्बन्धमा सुधार आएको भन्दै भारतसंग भएका पुराना सम्झौताहरु अगाडी बढ्ने र चिनसंग कृषि र रेलमार्ग बिस्तारको कार्य दुत्र गतिमा अगाडी बड्ने गरि सरकारले कार्य गरिराखेको ज्ञवालीको भनाई छ ।

नेपालको आन्तरिक मामिलामा कसैको हस्तक्षेप नेपाललाई स्विकार्य नहुने भन्दै मन्त्री ज्ञवालीले नेपालका आन्तरिक समस्याहरु समाधान गर्न नेपाल सक्षम रहेको भन्दै अन्य देशहरुले आन्तरिक मामिलामा भनेको कुराहरु मान्ने समयको अन्त्य भएको दाबी गरे । नेपाल बिधिको शासन अन्र्तगत चल्ने भन्दै सबै नेपालको कानुनलाई आत्मसाथ गर्दै अगाडी बड्ने दाबी गर्दै कानुन हातमा लिएर बस्ने जमानाको अन्त्य भएको दाबी गरे ।

अर्को एक फरक प्रसङगमा मन्त्री ज्ञवालीले पुरानो चलन चल्तीमा आईराखेको सत्ता र प्रतिपक्षको परम्परालाई अन्त्य गर्नु पर्ने बताएका छन् । पहिले सत्ता पक्षले गरेका राम्रा कार्यहरुलाई प्रतिपक्षले नराम्रा भन्दै चर्को आबाज उठाउने गरेको र प्रतिपक्षले उठाएका कुराहरुको सुनुवाई सत्ता पक्षले नगर्ने गरेको बानीको अब अन्त्य गर्नु पर्नेमा मन्त्री ज्ञवालीको भनाई रहेको छ ।

बामपन्थीको सरकार आएपछि जनताको अधिकार कटौती हुन्छ भन्नेहरु र नेपालमा अधिनायकबाद लादी बोल्न पनि पाईदैन भन्नेहरुको हल्लाको पछि नलाग्न भन्दै सुखी नेपाली समृद्ध नेपाल बनाई छाड्ने ज्ञवालीले दाबी गरे ।

पछिल्लो समय चिकित्सा क्षेत्रमा देखिएको बिकृतिको अन्त्य गर्न सरकार तयार रहेको भन्दै जनताको स्वास्थ्य क्षेत्रमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको मन्त्री ज्ञवालीको भनाई छ ।

बर्तमान सरकारले प्रत्येक गाँउपालिकामा न्युनतम १५ बेडको अस्पताल खोल्ने लक्ष लिएकाले जनताको स्वास्थ्य प्रति प्रतिबद्ध रहेको भन्दै डाक्टरहरुलाई गाँउमा गई काम गर्न प्रेरित गर्ने ज्ञवालीले बताए ।

प्रकाशित मिति : शुक्रबार, असार २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij