बुटवल : आज विश्व मधुमेह दिवस । विश्वभरका मानिसलाई मधुमेहसम्बन्धी चेतना बृद्धि गरी स्वस्थ जीवनका लागि अभिप्रेरित गर्ने उद्धेश्यले यो दिवस बनाउन थालिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । परिवार र मधुमेह भन्ने नारासहित विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन् । अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन ।
दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।खानाामा कार्वाेहाइडेटको मात्रा बढी, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना अधिक हुने चिकित्सकहरुले जनाएका छन् ।
मधुमेह सरुवा रोग नभए पनि यसलाई पारिवारिक रोगा रुपमा लिइन्छ । परिवारका एकजना सदस्यलाई मात्र मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्छ । परिवारका सम्पूर्ण सदस्यको जीवनशैली, खानपिन, आपसको सम्बन्ध, आर्थिक तथा मानसिक पक्षसम्म प्रत्यक्ष असर देखिन्छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्