दीपिका-रणवीरले बिहेपछि बनाए यस्तो प्लान

दीपिका-रणवीरले बिहेपछि बनाए यस्तो प्लान

नयाँ दिल्ली । भारतीय कलाकारद्वय रणवीर सिंह र दीपिका पादुकोणले वैवाहिक जीवन सुरु गरेका छन् । विवाहपछि उनीहरुलाई अहिले चौतर्फी बधाई आइरहेको छ । उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विवाहलगत्तै उनीहरु भारत फकर्ने तयारीमा छन् ।

प्राप्त खबरका अनुसार उनीहरु विवाहलगत्तै हनिमुन ट्रिपमा नजाने पक्का भएको छ । पिंकविलाको रिर्पाट अनुसार १७ नोभेम्बरसम्मका लागि लेक कोमोमा होटल बुक छ । दुवैजना १८ नोभेम्बरमा भारत फर्कनेछन् । मुम्बई झरेलगत्तै उनीहरु बेंग्लोर जानेछन् । बेंग्लोरमा उनीहरुले २१ नोभेम्बरमा रिसेप्शन पार्टीको आयोजना गर्नेछन् । बेंग्लोर दीपिकाको होमटाउन हो ।

यसका साथै अर्काे एक पार्टी मुम्बईमा आयोजना हुनेछ । यो पार्टी २८ नोभेम्बरमा हुनेछ । जहाँ बलिउडका सबै कलाकारहरु सहभागी हुने बताइएको छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij