देशभरका चौबीस सय वडामा स्वास्थ्य संस्था निर्माण हुने

देशभरका चौबीस सय वडामा स्वास्थ्य संस्था निर्माण हुने

काठमाडौं— स्वास्थ्य संस्था विहिन देशभरका दुई हजार चार सय वडामा आगामी दुई वर्षमा स्वास्थ्य संस्था निर्माण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो आव २०७५/७६मा एक हजार दुई सय स्वास्थ्य संस्था निर्माण गरिने जनाएको छ।

नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पहिलो वर्पका लागि चार अर्व बजेट विनियोजन गरेको जानकारी दिए। उनले स्वास्थ्य संस्था विहिन वडामा भवन निर्माणका लागि जग्गा व्यवस्थापन, भवन ड्रइङ डियाजन तथा लागत अनुमान र नक्सालगायतका विषयमा काम भइरहेको बताए।

जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रत्येक वडामा स्वास्थ्य सस्थामार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। नेपालमा ६ हजार ७ सय ४३ वडाहरु छन्।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij