काठमाडौं : नेपाल विद्यार्थी संघको आइतबारबाट म्याद सकिँदै छ। आगामी महाधिवेशनसम्म यसै कार्यसमितिलाई नै महाधिवेसनसम्मका लागि निरन्तरता दिने वा तदर्थ समिति गठन गरेर जाने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ।
२ बजेबाट बस्ने भनिएको बैठक नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै अझै सुरू हुन सकेको छैन।
नेविसंघको म्याद पार्टीले २ महिना मात्र थप्ने तयारी गरेको र यसरी दुई महिना मात्र थपिए अध्यक्ष नैन सिंह महराले राजीनामा दिने तयारी गरेको नेविसंघका सहमहामन्त्री ताथा प्रवक्ता प्रेमराज जोसीले जानकारी दिए।
दुई महिनामा नेविसंघको महाधिवेशन सम्पन्न गर्न सम्भावना नरहेको अध्यक्ष महरको दाबी छ।
प्रकाशित मिति : आइतबार, मंसिर २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्