अाेली सरकार विरूद्ध खनिए देउवा

अाेली सरकार विरूद्ध खनिए देउवा

बुटवल : नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन् । ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने बताए ।

काँग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई आज भैरहवामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले पार्टीका कार्यकर्ताले आफ्नो विरोध गरेको तर ओली सरकारले गरेका गलत कार्यविरुद्ध कुनै आवाज नउठाएको पनि गुनासो गरे । उनले भने ‘तपाईँहरु खाली मेरो विरोध गर्दै हिँड्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको ? किन बोल्नुहुन्न् ?’

नेकपाकै नेता माधव नेपालले समेत पार्टी र सरकारको विरोध गरेको तर काँग्रेसका कार्यकर्ताहरुले भने सरकारको विरोध गर्न नसकेको उनको भनाई थियो ।

काँग्रेसका नेता तथा कार्यकर्ताले आफैँ भित्र अन्तरर्घात मात्रै गर्ने गरेको उनले उनले बताए । उनले भने, ‘अब पार्टी यसरी चल्दैन, पार्टी एकढिक्का बनाउँदै अन्तर्घात रोक्नुपर्छ र ओली सरकारको कडा विरोध गर्नुपर्छ ।’

भैरहवामा आयोजित प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा यस प्रदेशका पार्टी केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य, पार्टी जिल्ला सभापति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, महासमिति सदस्य,क्षेत्रीय सभापति,भातृ संघ एवं शुभेच्छुक संस्थाका प्रदेशस्तरीय सभापति, पार्टीबाट निर्वाचित नगर प्रमुख, उपप्रमुखलगायतका सहभागिता रहेको छ ।

पार्टीले प्रदेश ५ मा संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई तोकेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij