कानुन व्यवसायीहरु भन्छन्–सरकारका कारण संवैधानिक अगंहरु संकटमा

कानुन व्यवसायीहरु भन्छन्–सरकारका कारण संवैधानिक अगंहरु संकटमा

बुटवल । सरकारको अधिनायकवादी प्रवृत्तिका कारण न्यायपालिका र संवैधानिक अगंहरु संकटमा पर्न थालेको प्रजातन्त्रवादी कानून व्यवसायी तथा बुद्धिजिवीहरुले बताएका छन् । पछिल्लो ९ महिनामा न्यायपालिका तथा संबैधानिक अंगहरुमा एक पछि अर्को चुनौति तथा खतरा देखिएको भन्दै उनीहरुले त्यस प्रति प्रतिपक्षी नेपाली कांग्रेस सहित सबै प्रजातान्त्रबादी शक्तिहरु सचेत हुने बेला आएको बताए ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश ५ ले बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी कानून व्यवसायीहरुले लोकतान्त्रिक र संबैधानिक सर्वोच्चतालाई कम्जोर हुन नदिन सबै एक हुनु पर्नेमा जोड दिएका हुन ।

कार्यक्रमको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुनर्नसिङ केशीले बहुमतको दम्भमा सरकारले लोकतान्त्रिक संविधानलाइ नै चुनौती दिने काम गरीरहेको बताए ।
सुन काण्ड, निमर्ला हत्या काण्ड,वाइडबडी जस्ता भ्रष्टाचार, तस्करी तथा हत्या हिंसाका घटनामा उपलब्धी मुलक काम नगरी जनतामा भ्रम छर्न छानबिनको बहाना गरीरहेको भन्दै नेता केसीले भ्रम र झुटको पुलिन्दा बाँडेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले संविधानको मर्म बिपरित संवैधानिक अगंहरुलाइ आफु मातहत राखेर अधिनायकबाद लाद्न खोजीरहेको नेता केसीको भनाइ थियो ।
सरकारले न्यायपालिका मात्र नभई चौथो अंग मानिएको पत्रकारिता क्षेत्रमाथि समेत हस्तक्षेप गरिरहेको भन्दै प्रजातन्त्रबादी कानुन व्यवसायी, बुद्धिजिवि तथा पत्रकार जगतले त्यसलाइ रोक्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेता केसीले पार्टी भित्रका कमिकमजोरीलाई सुधार गरेर संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाएर लैजाने बताए ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष शेरवहादुर केशीले संबैधानिक सर्वोच्चताको लागि बारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । नेपाल बार कम्युनिष्टको कब्जामा गए लोकतन्त्र र न्यायपालिका संकटमा पर्ने अध्यक्ष केशीले बताए ।

नेपाली काँग्रेस लोकतन्त्रको आत्मा भएको उल्लेख गर्दै उनले कम्युनिष्ट नीतिमा लोकतन्त्रलाइ कही स्थान नभएको बताए ।
नेपाल बारको आगामी नेतृत्वकालागि प्रजातन्त्रबादी कानुन व्यवसायीहरु एक भएर शसक्त र सक्षम उम्मेदवारलाइ अगाडी सार्नु पर्नेमा जोड दिदै उनले बारको आगामी निर्वाचनले कम्युनिष्टहरुलाइ धरासायी बनाउने दावी गरे ।

डेमोक्र्याटिक लयर्स एशोसिएशनका अध्यक्ष योगेन्द्र बहादुर ओलीले नेपाल बारको आगामी नेतृत्वकालागि डिएलएले एकताबद्ध ढंगबाट अगाडी बढ्ने बताए ।

डिएलएका पूर्व अध्यक्ष तथा न्याय परिषदका पूर्व सदस्य उपेन्द्र केशरी न्यौपानेले अप्रजातान्त्रिक व्यक्तिले न्यायपालिका तथा संबैधानिक अंग चलाउन सक्ने खतरा रहेको भन्दै त्यसो हुन नदिन बारको आगामी नेतृत्व प्रजातन्त्रबादी कानुन व्यवसायीले लिनु पर्ने बताए । नेपाल बार एशोसिएसनका महासचिव खम्बबहादुर खातीले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले बौद्धिक बर्गलाई थिङ्क ट्याङ्कको रुपमा लिएर अगाडी बढ्नु पर्ने खाँचो औल्याए ।

कार्यक्रममा त्रिविका पूर्व रेक्टर गुणनीधि न्यौपाने, डिएलएका सचिव विष्णु बस्याल, सिताराम केशी, बरिष्ठ अधिवक्ता बुद्धबहादुर थापा, कांग्रेसका क्षेत्रिय सभापति हरि लम्साल, अधिवक्ताहरु बाबुराम पाण्डे, महेन्द्र पाण्डे, मिना पाण्डे लगायतले बोल्दै बारको आगामी नेतृत्व प्रजातन्त्रबादी कानुन व्यवसायीहरुकै हातमा आउने दावी गरे ।

नेपाल बारको चैत्रमा हुने चुनाबको सन्दर्भमा डिएलएले सातवटै प्रदेशमा भेला तथा कार्यक्रमहरु गरीरहेको छ । कार्यक्रममा डिएलएका विभिन्न जिल्ला तथा उच्च इकाइका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना इकाइमा भएका गतिविधिका बारेमा जानकारी गराउँदै सरकारका गलत त्रियाकलाप बिरुद्ध अव शसक्त प्रतिबाद गर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij