नेपाल आईडलका अमित बराल को हुन् ?

नेपाल आईडलका अमित बराल को हुन् ?

२०५१ साल असोज २ गते नवलपरासीको बर्दघाटमा जन्मिएका अमित बराल सैनामैनाबासी हुन् । बरालको परिवार पुर्ख्यौली थलो पाल्पादेखी २०४० सालमा नवलपरासी बसाई सरेको थियो ।

२४ वर्षीय अमितका बुवा जिबन बराल विगत १७ वर्षदेखी रोजगारीको शिलशिलामा कतारमा काम गर्दै आएका छन् भने आमा सीता बराल गृहिणी हुन् । बुवा अहिले विदाको समयमा घरमै हुनुहुन्छ । अमित माईलो छोरा हुन् भने एउटा बहिनी र भाइ छन् ।

परिवारमा जेठो छोरो सुमित बरालको निकै मिठो स्वर थियो । उनले खुबै रुचिका साथ गीत गाउँने गर्दथे तर त्यस बखत अमितलाई गीत संगितमा भने त्यति धेरै रुचि थिएन । सामान्य गीत गुनगुनाउने मात्र गर्दथे ।

२०६५ सालमा आफ्ना दाजु सुमित बरालको असमायिक निधन भयो । निधन पश्चात मात्र अमितले दाजुले गीत संगित प्रति देखाएको लगावको सिको गर्दै स्व.दाजुको सपना पुरा गर्न तल्लिन हुन थाले । उनी नवलपरासी आईडलको टप ५ मा पर्न समेत सफल भए ।

यो सँगै उनले बर्दघाटमा रहँदा नै सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा सहयोग गरिरहे । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन । बरालले बर्दघाटमै रहेको न्युलाईट बोडिङ स्कुलमा कक्षा ७ सम्मको अध्ययन गरे ।

आर्थिक अवस्था सामान्य रहेको बराल परिवार जेठो छोराको निधनपछि २०६६÷०६७ सालतिर नवलपरासीबाट सैनामैनामा बसाईसराई सरेको हो ।
अमितले बसाईसराई गरे संगै प्रभात आवसीय ईंङ्लिस बोडिङ स्कुलमा कक्षा १० सम्मको अध्ययन गरे । एस.एल सी उत्तिर्ण गरी उच्च शिक्षाका लागि बुटवलमा रहेको अन्नपुर्ण मोडेल कलेजमा भर्ना भई अध्ययन गरे र प्लस टु उत्तिर्ण गर्न सफल भए ।

उनले लुम्बिनी कला केन्द्र बुटवलमा २ वर्ष सम्म संगीत सिकेका थिए । उच्च माध्यमिक विद्यालयको पढाई सकिएसँगै काठमाण्डौमा पनि उनले केही समय संगित शिक्षा लिए ।

यस क्रममा घरमा उनी बैदेशिक रोजगारमा जाने करिब करिब निधो नै भैसकेको थियो । तर उनलाई नेपाल आईडलको पहिलो संस्करणले दाजुको सपना साकार पार्ने एउटा ठुलो अवसर प्रदान गर्यो । उनी नेपाल आईडलको पहिलो सिजनमा काठमाण्डौ बाट अडिसन दिई थे्रटर राउण्ड सम्म पुगे । नेपाल आईडलको पहिलो संस्करणबाट बाहिरिएसँगै उनले सिजन २ लागि सक्दो मेहेनत गरे । साथै भैरहवा अडिसनबाट छनोट भई नेपाल आईडलको दोस्रो संस्करणको यात्रा तय गरेका हुन् ।

अमित उत्कृष्ट ६ मा
प्रदेश नं ५ को एक मात्र प्रतिस्पर्धी अमित बराल नेपाल आईडलको उत्कृष्ट ६ मा पर्न सफल भएका छन् । रुपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय बराल नेपाल आईडलको टप ६ मा आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट ६ पर्न सफल भएका हुन् ।
उनले नेपाल आइडलको सुरुवात देखि नै सबैको मन जितेका छन् । आइडलमा एक चोटी ‘पफर्मेस अफ द डे’ बनिसकेका बरालले क्लासिकल र पप शैलीका गीत बढी मन पराउने गर्दछन् ।

गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’मा अमितले पैसा होईन पासो छ, परदेशमा बोलाउँदै छन् आफन्तले स्वदेशमा भन्ने “पन्छी” गित मार्फत उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै निर्णयक सहित देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुलाई गित मार्फत रुवाएका थिए । यसैगरी उनले तिम्रो हर प्रश्नको जवाफ मेरो चिट्ठी हरुमा खोज्नु ,यदि चित्त तिमिलाइ बुज्दैन भने मेरो सामुन्ने आएर सोध्नु ,“तान्सेन घमाईलो ” बाबुको जुँगो लगायतका गीतहरुमा उत्कृष्ट प्रस्तुति दिएका छन् ।

उत्कृष्ट ६ मा पुगेका अमित सामाजिक संजालमा पनि उत्तिकै चर्चित छन् । उनको जिउडाल,अनुशासन ,मिलनसार र लज्जालु स्वभावले धेरै युवा युवतीहरु उनको शुभचिन्तक बनेका छन् । बरालको सामाजिक संजालमा फ्यान फलोवर्स पनि राम्रै छ । अहिले कलेज, स्कुल, कार्यालय, सार्वजनिक यातायात, चिया पसलदेखि हरेक जमघटमा अमितको चर्चा हुन थालेको छ ।

भोटका लागि अपिल
प्रत्येक बिहिबार बेलुका ८ः ३० बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ६ मा पुगेका अमितलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । अमितका बुवा जिवन बरालले पुर्ख्यौली थलो पाल्पा,नवलपरासी र रुपन्देहीमा भोटका लागि पहल गरिएको बताए । साथै उनले प्रदेश नं ५ को एक मात्र प्रतिस्पर्धी अमित भएकाले प्रदेश नं ५ सँगै देश तथा विदेशमा रहनु हुने सम्पुर्णलाई भोटका लागि अपिल गरेका छन्।

अमितलाई नेपाल आइडल सिजन २ बनाउन म्यासेजमा ०१ टाइप गरी ३१००९ मा पठाउनु पर्नेछ । देश र बिदेशबाट रेष्पेक्ट एण्ड राईज एप बाट पनि भोट गर्न सकिने छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij