जनताको जीवनस्तर सुधार्न आवधिक योजना : मुख्यमन्त्री

जनताको जीवनस्तर सुधार्न आवधिक योजना : मुख्यमन्त्री

दाङ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बन्दा जनताको जीवनस्तरमा सुधार हुने विकासको ढाँचा तयार गर्नका लागि प्रदेश सरकारले आवधिक योजना बनाउन लागेको बताएका छन् ।

प्रदेश—५ को आवधिक योजना तर्जुमा सम्बन्धमा सुझाव संकललन गोष्ठीको सोमवार घोराहीमा समापन गर्दै उनले प्रदेश बन्ने तर बहुसंख्यक जनताको जीवनस्तरमा सुधार नहुने विकासको मोडल अनुपयुक्त रहेको भन्दै प्रदेश बन्दा बहुसंख्यक जनताको जीवनस्तरमा सुधार आउने विकासको ढाँचा तय गर्न आवश्यक रहेको बताए ।

उनले योजनाबाट प्रतिफल पाउने समुदायसंग जोडिएर योजना बनाउँदा प्रभावकारी हुने भएकाले आवधिक योजना निर्माणका लागि स्थानीयस्तरमा छलफल कार्यक्रम चलाइएको बताए ।

मुख्यमन्त्री पोखरेलले अहिले आवधिक योजनाको अभावमा योजनामा आधारित बजेट आउन नसकेको स्पष्ट पार्दै आवधिक योजना बनेपछि योजनामा आधारित बजेट आउने बताए । ‘अहिले प्रदेशको बजेट अवधारणामा आधारित छ, अव योजनामा आधारित हुन्छ—उनले भने—योजनामा आधारित बजेटले प्रदेशको विकासलाई सही बाटोमा लैजान्छ, हामीले लक्षित उद्देश्य हासिल गर्न सक्छौं ।

उनले कृषिको व्यवसायिक विकास र नयाँ पुस्ताको आर्कषण गरी उत्पादन बढाउने कार्यक्रम ल्याइने बताए । कृषिलाई परम्परागत ढाँचाबाट बाहिर निकाल्न सक्दा कृषिमा नयाँ पुस्ताको आर्कषण बढाउन सकिन्छ—उनले भने ।

उनले असंगठित रुपमा रहेका किसानलाई संगठित बनाउने माध्यम सहकारी भएको बताए । ‘सहकारीको माध्यमबाट कृषिको व्यवसायीकरण र बजारीकरण गर्न सकिन्छ । छरिएको पूँजी, श्रम र जमिनलाई सहकारीको माध्यमबाट जोड्न सकिन्छ—उनले भने ।

उनले दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सुधारमा ध्यान दिनुपर्ने बताए ।

प्रदेश सरकारले पाँच वर्षे आवधिक योजना निर्माणका लागि मंसिर ६ गतेदेखि प्रदेशका १२ वटै जिल्लामा छलफल शुरु गरेको छ ।

छलफल मंसिर २३ गते सकिने छ । जिल्लातहबाट प्राप्त सुझाव समावेश गरी तयार गरिएको अवधारणा राष्ट्रिय योजना आयोगमा सुझावका लागि पठाइन्छ । त्यहाँबाट प्राप्त सुझावपछि आवधिक योजनालाई अन्तिम रुप दिइने प्रदेश सरकारका प्रमुख सचिव डा.तिर्थ ढकालले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, मंसिर १० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij