मिस वर्ल्डमा भोटिङ अवधि दुई दिन थप, यसरी गर्नुस् श्रृंखलालाई भोट

मिस वर्ल्डमा भोटिङ अवधि दुई दिन थप, यसरी गर्नुस् श्रृंखलालाई भोट

काठमाडौ । मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ । भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ ।

मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् । हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समुहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् । दोस्रो राउन्डमा अन्य २० समुहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ, जसबाट १० जना फाइनल राउन्डका लागि छानिन्छन् ।

‘अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’ मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
श्रृंखलालाई भोट गर्नका लागि चार विकल्पहरु छन् ।

१. उनको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

२ मिस वल्र्डको आधिकारिक वेबसाइट https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने

३. मोबस्टार एपमा गएर त्यसमा श्रृंखला खतिवडाको आधिकारिक अकाउन्ट (निलो टिक लगाइएको) खोली उनले पोष्ट गरेका फोटोहरुलाई दायाँबाट बायाँ स्वाप गर्ने र कमेन्ट गर्ने

४. https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90

मा गएर उनको फोटो लाइक गर्ने ।

प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij