गायन प्रतियोगिता ‘राइज योर भ्वाइस सिजन –२’ हुने

गायन प्रतियोगिता ‘राइज योर भ्वाइस सिजन –२’ हुने

बुटवल । मोफसलको सर्वाधिक राशी वा ठूलो पुरस्कार भएको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’को दोस्रो संस्करण हुने भएको छ ।

सगरमाथा डान्स सेन्टर बुटवलको आयोजनामा गत वर्ष सम्पन्न भएको ‘राइज योर भ्वाइस’ यस वर्षपनि हुँदैछ ।

आयोजकले सोमबार मिलनचोक स्थित आफ्नै हलमा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको प्रतियोगिता बारे जानकारी गराएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका संयोजक गायक प्रेम नेपालीले मोफसलमा रहेर राष्ट्रिय स्तरको कार्यक्रम गरी यस क्षेत्रको प्रतिनिधित्व गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

उनले गत वर्षको प्रतियोगिताबाट सफलता प्राप्त गरेको हुनाले आगामी संस्करणलाई थप स्तरीय बनाउने बताउँदै धेरै सहभागिताका लागि सञ्चारको भूमिका एवम् साथ आवश्यक रहेको बताए ।

त्यसैगरी आयोजक संस्थाका प्रबन्ध निर्देशक तथा चर्चित कोरियोग्राफर मुकेश गुरुङले हालसम्म प्रतियोगिताका लागि कुनै ठूलो प्रायोजक नभएपनि संस्थाको लगानी र प्रतियोगीको भोटिङबाट सञ्चालन गर्दै आएको बताउँदै नाफा कमाउन भन्दापनि प्रतिभाका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

मंसिर २२ गते शनिबार बर्दघाटबाट अडिशन शुरु हुने प्रतियोगिता सिंगल राउण्ड, पियानो राउण्ड, दुइट राउण्ड, पेट्रियोटिक (राष्ट्रिय गीत) राउण्ड र फाइनल राउण्ड गरी पाँच चरणमा हुने संयोजक तथा निर्णायक प्रेम नेपालीले जनाए ।

उपाधिसँगै करिब तीन लाख बराबरको मोटर साइकल, बागेश्वरी संगितालयमा तीन महिनाको संगित कक्षा, एउटा म्यूजिक भिडियो लगाएत आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार रहेको गायन प्रतियोगिताको गत वर्षको संस्करणमा दुुई जना विजेता भएका थिए ।

बिजेता दुुबै जनाले एक–एक यामाहाको एफ जेड मोटर साइकल प्राप्त गरेका थिए ।
त्यस्तै प्रतियोगितामा द्वितिय र तृतिय हुनेले क्रमशः नगद रु ३० हजार, रु.१५ हजार सहित विन्नि आकर्षक गिफ्ट ह्याम्पर तथा अवसर प्राप्त गर्ने छन् ।

यस क्षेत्रमा रहेका गायन प्रतिभाहरुलाई उजागर गरी प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितालाई निरन्तरता दिँदै दोस्रो संस्करण गर्न लागिएको संस्थाकी निर्देशक दुर्गा रानाले बताइन् ।

दोस्रो संस्करणको दोस्रो अडिशन मंसिर २९ गते बुटवलमा हुनेछ भने पुस ७ गते भैरहवामा अडिशन हुने छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij