प्रदेश नं ५ प्रदेशसभाको बैठक आह्वान, मंसिरमा १ दिन मात्रै बैठक बस्ने

प्रदेश नं ५ प्रदेशसभाको बैठक आह्वान, मंसिरमा १ दिन मात्रै बैठक बस्ने

बुटवल : प्रदेश नं ५ को प्रदेश सभाको बैठक प्रदेश प्रमुख उमाकान्त झाको आह्वानमा यही मङ्सिर २६ गते बस्ने भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी मङ्सिर २६ गते दिनको १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

२६ गते बस्ने बैठकमा प्रदेश सभामा सबै दलका प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् र पुस पहिलो हप्तासम्मका लागि स्थगित गर्ने तयारी छ ।

नेपाली कांग्रेसको महासमिति बैठकका कारण प्रदेश सभाको बैठक बीचमा स्थगित हुनेछ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij