स्थायी राजधानी र नाम सिफारिस गर्न बनेको समितिको बैठक जारी, सञ्चारकर्मीलाई प्रवेश दिइएन

स्थायी राजधानी र नाम सिफारिस गर्न बनेको समितिको बैठक जारी, सञ्चारकर्मीलाई प्रवेश दिइएन

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न बनेको समितिको बैठक आज बसिरहेको छ।

प्रदेश सभा सचिवालयमा बसेको बैठकमा स्थायी राजधानी र नामका बारेमा छलफल हुनेछ ।

प्रदेश सभा बैठकले गठन गरेको १५ सदस्यीय समितिको आजको बैठकमा सञ्चारकर्मीहरुलाई प्रवेश दिइएको छैन ।

समितिका सभापति दीपेन्द्र कुमार पुनले बैठकपछि मात्रै सञ्चारकर्मीलाई जानकारी गराईने बताए ।

साउन अन्तिम साता गठन भएको समितिले तीन महिनाभित्र प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्ने भनिएपनि अझैसम्म कुनै प्रगति भएको छैन ।

समितिको सदस्यमा कल्पना पाण्डे, चेतनारायण आचार्य, तारा जिसी, तुल्सीप्रसाद चौधरी, दिनेश पन्थी, दिपेश थारु, नारायणप्रसाद आचार्य, निर्मला क्षेत्री, भुवनेश्वर चौधरी, रमा अर्याल, वीरबहादुर राना, बिष्णुप्रसाद पन्थी, सरस्वती गौतम र सहर्षराम यादव छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij