सत्तारुढ दल नेकपा अध्यक्ष प्रचण्ड भन्छन्-प्रदेशका राजधानी सार्न संभव छैन

सत्तारुढ दल नेकपा अध्यक्ष प्रचण्ड भन्छन्-प्रदेशका राजधानी सार्न संभव छैन

भैरहवा : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका राजधानी अन्यत्र नसर्ने बताएका छन् ।

हिजो कपिलवस्तु्मा आयोजित कार्यक्रममा राजधानीबारे प्रसंग निकालेका अध्यक्ष प्रचण्डले बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हाल कायम रहेका प्रदेशका राजधानीलाई अन्यत्र सार्दा धैरै समस्या हुने भन्दै निरन्तरता दिने बताए ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेकै स्थानमा प्रदेशका राजधानी कायम रहने बताए।

उनले हाल कायम रहेका अधिकांश प्रदेशका राजधानी परिवर्तन गर्न दबाव/सुझाव आएपनि तत्कालका लागि सम्भव नरहेको प्रष्ट पारे । अन्यत्र सार्दा पूर्वाधार निर्माणदेखि अन्य समस्या झेल्नुपर्ने उनको भनाइ छ।

‘अहिले कायम रहेका स्थानमा प्रदेश राजधानीका लागि थुप्रै पूर्वाधार तयार छन्’, प्रचण्डले भने, ‘हाल कायम रहेका प्रदेका राजधानी सार्दा जनतामाझ विभेद बढ्नेदेखि लिएर धेरै समस्या उत्पन्न हुन्छ ।’ उनले ले अघिल्लो सरकारले तोकेको स्थानमा नै ५-१० वर्षसम्म राजधानी चलाउँदा राम्रो हुने विचार व्यक्त गरे ।

प्रचण्डले राजधानी तोक्ने विषयको अन्तिम निर्णय भने प्रदेश सभाको अधिकारको विषय भएको प्रष्ट पारे ।

उनले प्रदेश पाँचको राजधानीको नामकरण लुम्बिनी प्रदेश राखेमा कसैको आपत्तिको विषय नहुने उल्लेख गरे । ‘लुम्बिनी सबै क्षेत्र, वर्ग, धर्म, सामुदायको आस्थाको केन्द्र हो’, उनले भने, ‘लुम्बिनीको नामबाट प्रदेशको नामकरण गर्दा सबैको गरिमा बढ्छ ।’

उनले लुम्बिनीमा शान्तिको खोजीमा सबै धर्म, वर्ग, सामुदायको आगमन हुने भएकाले लुम्बिनीलाई विश्व शान्तिको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले सरकारले केही नगरेको भन्ने विषयमा टिप्पणी गर्दै ऐन नियम र कानुन निर्माण समय खर्चिनु परेकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले कमी भएको विषयलाई सुधार गर्दै जाने र गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने आवश्यक रहेको बताए।

वर्तमान सरकार भारत र चीनसँगको सम्बन्ध विस्तारमा केन्द्रित रहेको बताउँदै उनले मुलुकको हितमा काम गर्ने उल्लेख गरे ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान निर्माण हुदाँ भएको कमजोरीकै कारण कतै दीपावली कतै विरोध गरिएकाले वर्तमान सरकारले दुई तिहाईको बहुमत जनतको इच्छा अनुसार काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij