काठमाडौं । स्वतन्त्र मधेशको माग गर्दै आएका डा.सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो । गत सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो ।
राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा राउत विरुद्ध दायर गरिएको मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको थियो । राज्यविरुद्धको सांगठनिक अपराध कसुरअन्र्तगत पक्राउ गरी अनुसन्धानपछि प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो।
गत कातिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्