काठमाडौ । मिस वर्ल्डको फाइनल शनिबार हुँदैछ । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धाका लागि १२१ देशका सुन्दरी पुगेकोमा मिस नेपाल शृङ्खला खतिवडासहितका विभिन्न ३० देशका सुन्दरी टप ३० मा पुगेका छन् ।
मिस नेपाल शृङ्खला ब्यूटी विथ पर्पज अवार्ड जितेर टप ३० मा पुगेकी हुन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । मिस वर्ल्डको युट्युब च्यानल मार्फत प्रत्यक्ष हेर्न पाइने मिस वर्ल्डको फिनालीमा नतिजा नेपाली समय अनुसार बेलुका पाँच बजेपछि घोषणा हुनेछ ।
नेपाली समय अनुसार दिउँसो चार बजेसम्म भोट गर्न सकिनेछ । मिस वर्ल्डको यो ६८ औँ संस्करण हो । दक्षिण एसियाली देशमा भारत बाहेक अरुले मिस वर्ल्ड जितेका छैनन् ।
मिस वर्ल्डको इतिहासमा भारत र भेनेजुएला समान ६ पटक विजेता बनेका छन् । यो पटक शृङ्खलाप्रति नेपालीहरुले आश गरेका छन् ।
हौसला दिन खतिवडा परिवार चीन प्रस्थान
उनलाई हौसला दिन बाबु विरोध खतिवडा र आमा मुनु सिग्देल लगायत आफन्तसहित ठूलो टोली चीन प्रस्थान गरेका छन्। श्रृंखलालाई हौसला दिन मकवानपुर नगरपालिकाकी उपमेयर मीना लामा पनि गएकी छन्।
मिस वर्ल्ड २०१८ को बलियो प्रतिस्पर्धी मानिएकी श्रृंखला व्युटी विथ प्रपोजको टाइटल जितेर सेमिफाइनलमा पुगेकी हुन्। उनले मल्टिमिडिया अवार्ड पनि जिति सकेकी छन्।
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्