काठमाडौं : अन्तरप्रदेश परिषदको बैठक सोमबार पनि बस्दैछ। प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि आइतबार सुरु बैठक सोमबार बिहान १० बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा तीन मुख्यमन्त्रीले बोल्ने छन्।
सोमबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
आइतबारको बैठकमा चार प्रदेशका मुख्यमन्त्रीहरूले धारणा राखेका थिए।
आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले धारणा राखेका थिए।
पहिलो दिनको बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा जोड दिन केन्द्र सरकारको विशेष ध्यानाकर्षण गरेका थिए।
प्रदेश र केन्द्रबिच दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेशको बैठक बोलाएका थिए।
संविधानमको धारा २३४ मा संघ र प्रदेशबिच भएका राजनीतिक विवाद मिलाउन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठक बोलाउन सक्ने व्यवस्था रहेको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्