अमेरिकी गायिका बियोन्सीले भारतका सबै भन्दा धनी व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह समारोहमा प्रस्तुति दिएकी छन् ।
मुकेश अम्बानीको छोरी ईशाको विवाह अर्का भारतीय अर्बपति अजय पीरामलका छोरा आनन्द पीरामलसँग हुँदैछ ।
उनको विवाह समारोह राजस्थानको शहर उदयपुरमा सुरु भइसकेको छ । विवाहका विभिन्न रीति अन्तर्गत संगीत समारोहमा बियोन्सीले प्रस्तुति दिएकी हुन् । बियोन्सीले कुनै पनि भारतीयको विवाहमा प्रस्तुति दिएको यो पहिलो पटक हो ।
ईशाको विवाहका लागि हलिउड तथा बलिउडका स्टार तथा विश्वभरबाट चर्चित व्यक्तित्वहरु उदयपुर पुग्दै छन् । ईशाको विवाहका लागि हालै विवाह गरेका अभिनेत्री प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनस पनि उदयपुर पुगेका छन् । प्रियंका र निकको विवाहमा ईशासहित अम्बानी परिवार सहभागी भएको थियो ।
ईशाको विवाहको मुख्य समारोह बुधबार हुँदैछ । तर त्यसलाई उत्सवको रुपमा मनाइएको छ र अहिले उदयपुरमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
ईशाको विवाहमा अमेरिकाकी पूर्व विदेश मन्त्री तथा सन् २०१६ मा राष्ट्रपति उम्मेदवार रहेकी हिलारी क्लिन्टन, मिडिया जाइन्ट एसिएना हफिङ्गटन, क्रिकेटर सचिन तेन्दुल्कर तथा स्टील व्यवसायी लक्ष्मी मित्तलसहितका व्यक्ति सहभागी हुने छन् ।
पाहुनाका लागि अम्बानी परिवारले १०० वटा फ्लाइट चार्टड गरेका छन् । विश्वभर सेलिब्रेटी ब्लगर, मनोरञ्जनको क्षेत्रमा लेख्दै आएकाहरु र लाइफस्टाइल म्यागजिनका प्रतिनिधिहरु उदयपुर पुगेका छन् ।
बियोन्सीले आइतबार राति भएको संगीतमा आफ्नो प्रस्तुति दिएकी हुन् । उनले समारोहका लागि आफूले लगाएको ड्रेससहितको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् । उनले यो प्रस्तुतिका लागि कति पैसा लिएकी छन् भन्ने खुलेको छैन ।
View this post on Instagram
यो समारोहमा निक र प्रियंकाले पनि नाचेका थिए । समारोहमा शाहरुख खान, आमिर खान, ऐश्वर्या राय, अभिषेक बच्चन, सलमान खान, कटरिना केफसहित उपस्थित थिए । शाहरुख र गौरी खान पनि यो समारोहमा नाचेका थिए ।
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्