प्रदेश ५ काे हिउँदे अधिवेशन शुरु, प्रदेश राजधानी सिफारिश गर्ने समितिको म्याद ३ महिना थप

प्रदेश ५ काे हिउँदे अधिवेशन शुरु, प्रदेश राजधानी सिफारिश गर्ने समितिको म्याद ३ महिना थप

बुटवल । प्रदेश–५ को प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश ५ राजधानी बुटवलमा आजदेखि शुरु भएको छ ।

दोस्रो अधिवेशन सकिएको करीब चार महीनापछि हिउँदे अधिवेशन शुरु भएको हो । कानून निर्माणमा केन्द्रित हुने यो अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक यसअघि नै स्वीकृत गरिसकेको छ भने दुईओटा विधेयक प्रदेश सभामा दर्ता गरेको छ ।

आजको बैठकमा प्रदेश–५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश–५ मा संघसस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने कार्यसूची रहेको छ ।

त्यस्तै प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्ने विशेष समितिको संयोजक चयन गरेको तथा विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सम्बन्धमा पनि सभामुखले प्रदेशसभालाई जानकारी गराउने छन् ।

केही सांसदहरूले समितिको म्याद सकिसकेकाले संयोजक तोक्नुको अर्थ नरहने प्रतिक्रिया समेत दिएका छन् ।

प्रदेश सभाले अझै प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न सकेको छैन । आजको संसदमा नेकपाका सचेतक भुमिश्वर ढकाल, कांग्रेस सभासद डिल्ली चौधरी, संघिय समाजबादी फोरमका सांसद सन्तोष पाण्डे लगायतले बोलेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij