मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।
मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।
फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।
नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भइन् । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा टप १२ सम्म पुगेर बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्