मौसम बदलीसँगै बढ्यो चिसो, जोगिनका लागि अपनाउनुस् यी उपाय

मौसम बदलीसँगै बढ्यो चिसो, जोगिनका लागि अपनाउनुस् यी उपाय

विस्तारै मौसम बदली भएसंगै चिसोको अनुभुति सुरु हुन थालेको छ। गर्मी महिना सकिन थाले संगै क्रमिक रूपमा जाडोले छोप्न थालेको हो। बिशेषतह गर्मि समयमा भन्दा जाडो मौसममा बालबालीका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा बिभीन्न समस्याहरू देखा पर्ने गर्छन्। चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ। नबजात शिशु बालबालीकादेखि बृद्ध सम्मले जाडोमा बिशेष साबधानी अपनाउनुपर्ने चिकीत्सकहरूको सुझाब छ।

भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेश हुन्छ। जाडोका बेला देखिने समस्याहरूमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्ने गर्छन्। मुटुका विरामीले पनि जाडोमा आफूलाई बढी ख्याल राख्नुपर्छ। वालवालिका र वृद्धवृद्धाहरूलाई पनि जाडो मौसम कष्टदायक हुन्छ।

जाडोका कारण मानिसहरू घरभित्रै पसल, कार्यालय समयमा कार्यालयमै, महल आदि स्थानमा समय बिताउने हुनाले रुघाखोकीजस्ता सरुवा रोग चा”डो संक्रमणका रूपमा फैलिने गर्दछ। जाडो महिनामा मानिसको प्रतिरक्षा प्रणाली जोखिममा हुन्छ।

जाडो महिनामा शरीरका रक्तनली सा”घुरिने हुनाले मुटुरोगको जोखिम बढ्ने गर्दछ। यसबाहेक छालाका समस्या, हाइपरथर्मियाजस्ता समस्या पनि देखिन सक्छन्। चिसोका कारण शरीरको तापक्रम ९५ डिग्री फरेनहाइटभन्दा कम हुनु हाइपरथर्मिया हो। शरीरलाई पर्याप्त तातो बनाउन आवश्यक उर्जा उत्पन्न हुन नसक्दा यस्तो रोग लाग्ने चिकीत्सक बताउछन्।

जाडोबाट बच्नका लागी शरीरलाई सदैब स्वस्थ र तन्दुरुस्त राख्नुपर्ने वरिष्ठ फिजिसियन दिर्घसिंह बमले जानकारी दिए।

डा. मीनेशजंग सिजापतिले भने,– ‘चिसो मौसममा रुघा खोकी लाग्छ र जसका कारण भाइरस हुन्छ। त्यसकारण तातो पानी पिउने, तातो झोल पिउने र चिसोबाट बच्नुपर्छ। त्यसैगरी तराईमा सीतलहरबाट बच्न न्यानो गरेर बस्नुपर्छ। सडकमा हिँड्दा पनि भौगोलिक परिस्थिति अनुसार कपडा लगाउनुपर्छ।’

डा. नबिन पोख्रेलले चिसोबाट जोगीनका लागी न्याना कपडाहरू लगाउने र उमेर अनुसार सन्तुलित भोजन गर्न आबश्यक रहेको बताए। उनले भने,– ‘पोषणयुक्त सन्तुलित खानेकुरा खाने गरौं। भिटामिन सी पर्याप्त पाइने फलफूल तथा सागपात खाने गरौं। र, शारीरीक व्यायाम पनि गरौं। अनि शरीरमा जाडो समयमा कुनै रोगले आक्रमण गर्न सक्दैन।’

दम भएको मानिसहरूलाई चिसोले चाडैं छुन्छ। त्यसैले आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने। निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हुन्छ। त्यसमा पनि बाक्लो लुगाहरू लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ।

दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रूप लिन सक्छ। दम भएको मानिसले धुंवा कम भएको ठाउँमा आगो ताप्दा फरक पर्दैन। धुवायुक्त आगोका कारण सामान्य मानिसहरूलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ।

हामीले केही डाक्टरहरूलाई जाडोबाट बच्नका लागि के–के उपाय अपनाउनुपर्छ भनेर जिज्ञासा राखेका छौं। उनीहरूले दिएको निष्कर्षलाई यहाँ प्रस्तुत गरीएको छ।

  •  पर्याप्त न्यानो कपडा लगाउनुपर्छ। टोपी, मखलर, मोजा र पञ्जा लगाउन बिर्सीनुहुदैंन। बिशेषगरी बाहिर निस्कि”दा चिसोबाट सचेत रहनुपर्छ। र, आफ्नो शरीरलाई सन्तुलनमा राख्नुपर्छ।
  •  मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम गर्नु हुदैंन। बिहान बेलुकि अलिक बढि जाडो हुने भएकाले बिहान बेलुका घरभित्रै बस्नुपर्छ।
  •  चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। नियमित साबुन पानीले हात धुने र शरीरलाई फुर्तिलो राख्न बेला बेलामा नुहाउनुपर्छ। तातो पानीभन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ। यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ।
  • शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरू लगाउनुपर्छ। साथै छालाको सुरक्षामा ध्यान दिन आबश्यक छ। चिसोले छालाको ओसलाई सोसेर सुख्खा बनाइदिन्छ।
  • बिहान उठ्ने बित्तीकै पर्याप्त शारीरिक अभ्यास गर्नुपर्छ। पर्याप्त पानी पिउन आबश्यक छ। चिसो मौसममा हामी पानी कम पिउने गर्दछौ”। जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छन्।
  • स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ। फलफूल तथा तरकारी, भिटामिन सी र जिंकजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
  • कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।
  • जाडो मौसममा तनावका कारण रुघाखोकी जस्ता रोग लाग्ने सम्भावना बढ्ने अनुसन्धानहरूमा देखिएको छ। त्यसैले मानसिक स्वास्थ्यको ख्याल गर्नका लागी योगाभ्यास, शारीरिक कसरत, ध्यानजस्ता कुराहरूले तनावमुक्त हुन सहयोग पुर्याउन सक्छ।
  • जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ। तौल नियन्त्रण गर्नुहोस्।
  • जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ। यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आबश्यक छ।
  • सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम उच्च मात्रामा हुन्छ। बालकहरूमा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुदैन। बुढ्यौलीमा प्रतिरोधको क्षमता कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रूप लिनसक्ने खतरा पनि उत्तिकै रहन्छ। त्यसैले कुनै समस्या हुनासाथ तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरिहाल्नुपर्छ। साना बच्चाहरूमा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ।
  • दम भएको मानिसहरूलाई चिसोले चाडैं छुन्छ। त्यसैले आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने। निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हुन्छ। त्यसमा पनि बाक्लो लुगाहरू लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ। दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रूप लिन सक्छ। दम भएको मानिसले धुंवा कम भएको ठाउ”मा आगो ताप्दा फरक पर्दैन। धुवायुक्त आगोका कारण सामान्य मानिसहरूलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ।
  • जाडोको समयमा युवा वर्गले ज्यादा स्मोकिङ गर्ने, मद्यपान गर्ने प्रचलन छ। यी पक्षले कुनैपनि हालतमा शरिरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। स्मोकिङले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्नुहुदैन।
  • जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ। त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।

प्रकाशित मिति : सोमबार, पुष २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij