बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभाको तेस्रो अधिवेसन अन्तर्गतको दोस्रो बैठक आइतबार बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा केही सांसदहरुले सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्ने कार्यतालिका छ ।
यसका साथै प्रदेश नम्बर ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५, संघ संस्थाहरुको दर्ता सम्बनधमा व्यवस्था गर्न बनकेको विधेयक निर्णयार्थ प्रस्तुत हुने छ ।
यस्तै आइतबारको बैठकमा तीनवटा थप विधेयकहरु छलफलका लागि पेश हुनेछन् ।
प्रदेश नम्बर ५ अन्त्र प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश हुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, पुष ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्