प्रदेश ५ का सांसद् भन्छन्: अन्तरप्रदेश समन्वय परिषद् बैठकमा के भयो हामीले थाहा पाउनुपरेन ?

प्रदेश ५ का सांसद् भन्छन्: अन्तरप्रदेश समन्वय परिषद् बैठकमा के भयो हामीले थाहा पाउनुपरेन ?

बुटवल । प्रदेश ५ का सांसदले अन्तरप्रदेश समन्वय परिषद् बैठकमा भएका निर्णय र छलफलका बारेमा प्रदेश सभामा जानकारी गराउन माग गरेका छन् ।

मंगलबार विशेष समय लिएर बोल्दै सांसद् कर्णध्वज खड्काले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुको सहभागितामा भएको बैठकका निर्णय र छलफलको निचोडबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले प्रदेशका समस्या र त्यसबारे संघीय सरकारसँग भएका छलफलको चासो प्रदेश सभा र सासदहरुलाई हुने भन्दै जवाफ मागेका हुन् ।

यस्तै प्रदेश सांसद् अष्ठभुजा पाठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा प्रदेश सांसद्को भूमिका खुम्च्याइएको भन्दै कार्यक्रम लागू गर्ने क्षेत्रका सांसद्लाई त्यसमा सहभागी गराईनुपर्ने बताए ।

अर्का सांसद् सन्तोष पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गा अधिग्रहणमा परेका जग्गाधनीले क्षतिपुर्ति नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै भुवनेश्वर चौधरीले एकैपटक विधेयक पेश गर्दा पर्याप्त छलफल हुन नसक्ने भन्दै छलफलका लागि पर्याप्त समय दिइनुपर्ने माग गरे ।

विशेष समयमा सांसद्हरुले राखेका जिज्ञासा समाधानका लागि सम्बन्धित मन्त्रीलाई सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश सभा सञ्चालन नियमावलीअनुसार ७ दिनको समय दिएका छन् ।

दुई विधेयक पेश
प्रदेश नं. ५ प्रदेश सभाको मंगलबार बसेको बैठकमा दुई विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ भने दुई विधेयक संसद्मा पेश गरिएको छ ।
प्रदेश नं. ५ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको हो ।
आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सभामा पेश गरेका दुवै विधेयकमाथि सैद्धान्तिक छलफल गर्न सभामुख घर्तीले प्रस्ताव गरेका थिए ।

जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि हरि प्रसाद रिजाल, वैजनाथ कलवार, दिपेन्द्र पुन मगरले भाग लिएका थिए ।

त्यस्तै आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसद दधिराम न्यौपाने, तुलाराम घर्ति र विष्णु प्रसाद पन्थीले भाग लिएका थिए । सैद्धान्तिक छलफलमा उठेका विषय माथि मन्त्री केसीले जवाफ दिएका थिए ।

मंगलबार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नं. ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नंं ५ बीउ, बीजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पेश गरेकी छिन् । संसदको अर्को बैठक पुस ११ गते दिउसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : मंगलबार, पुष १० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij