कर्मचारी समायोजन अध्यादेश फिर्ता लैजान प्रतिपक्षी दलको माग

कर्मचारी समायोजन अध्यादेश फिर्ता लैजान प्रतिपक्षी दलको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले संसदमा पेश गरेको कर्मचारी समायोजन अध्यादेश, २०७५ फिर्ता लैजान माग गरेका छन् ।

उनले केही कर्मचारीको स्वार्थमा अध्यादेश ल्याएकाले फिर्ता लैजान माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थापाले अध्यादेशले कर्मचारी आन्दोलित भएको बतानेका हुन् ।उनले भने-‘ अध्यादेशविरुद्ध सिंहदरबारमा नै कर्मचारी आन्दोलनमा छन्। ’

थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन, २०७४ लाई कार्यान्वयनमा लैजानुभन्दा पनि वर्तमान सरकारले अध्यादेश ल्याएर झन जटिलता थपेको बताए।

उनले भने -‘ देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयनमा ल्याएको भए समस्या आउने थिएन। प्रधानमन्त्री ओलीले काम गर्नेभन्दा बोल्ने गर्नुभयो। उहाँको काम कि बोल कि पोल भन्ने पाराको भयो। केही कर्मचारीको स्वार्थमा समायोजन अध्यादेश आएको छ । ’

उनले थपे-‘यसलाई फिर्ता लगेर सरकारले नयाँ विधेयक बनाउन प्रक्रिया अगाडि बढाओस्, हामी रातदिन काम गर्न तयार छौँ। एउटै सेवामा एकैपटक प्रवेश गर्ने कर्मचारीमध्ये एउटा मुख्यसचिव बन्न पाउने अर्को तलै रोकिनुपर्ने अवस्था हुनुहुँदैन।’

सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री लालबाबु पण्डितले पुस ११ गते कर्मचारी समायोजन अध्यादेश संसदमा पेश गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij