जाडोयाममा कस्ताे खानपान उपयुक्त ?

जाडोयाममा कस्ताे खानपान उपयुक्त ?

बुटवल । जाडोयाममा शरीरलाई तातो बनाई राख्न न्यानो लुगा मात्रै पर्याप्त हुँदैन । जाडोयाममा केही यस्ता चीजहरुको नियमित सेवन आवश्यक छ जसले शरीरलाई चिसो हुनबाट जोगाउँछ ।

यदि शरीरलाई भित्रैदेखि मौसमअनुसार ढाल्न सकिने क्षमता बनाउन सकियो भने जाडाेयाममा चिसोको महसुस पनि कम हुने गर्छ र यसले धेरै रोगहरुबाट पनि मुक्ति दिलाउन सक्छ ।

यस कारण जाडोयाममा खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।

मम्फली (बदाम) को फाइदै फाइदा
१०० ग्राम मम्फलीमा धेरै पोषक तत्व रहेको हुन्छ ।

यसमा प्रोटीन २५.३ ग्राम, फ्याट ४०.१ ग्राम, मिनरल्स २.४ ग्राम, फाइबर ३.१ ग्राम, कार्बाेहाइड्रेट २६.१ ग्राम, उर्जा ५६७ कैलरी, क्याल्शियम ९० मिलीग्राम, फस्फोरस ३५० मिलिग्राम, आइरन २.५ मिलीग्राम, कैरोटीन ३७ मिलिग्राम, थाइमिन ०.९० मिलीग्राम, फोलिक एसिड २० मिलीग्राम रहेको हुन्छ ।

मम्फलीले जाडोयाममा शरीरलाई न्यानो प्रदान गर्छ ।

चिसोबाट बचाउँछ बदामले

बदाम धेरै गुणहरुले भरीपूर्ण छ । बदाम खानाले स्मरण शक्ति बढाउँछ । साथै यसले अन्य धेरै रोगहरुबाट पनि बचाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या पनि दूर भएर जान्छ ।

अदुवाले चढाउँछ गर्मी

हरेक दिन खानामा अदुवा मिसाउनुभयो भने यसले धेरै रोगहरुबाट पनि बचाउँछ । यसले शरीरलाई गर्मी प्रदान गर्छ भने पाचन प्रक्रिया पनि राम्रो बनाउँछ ।

महले राख्छ निरोगी

शरीरलाई स्वस्थ निरोगी र उर्जाबान बनाइ राख्नका लागि महको सेवन पनि निकै महत्वपूर्ण रहन्छ । महलाई आयुर्वेदको भाषामा अमृत पनि भनिने गरिन्छ । जाडोयाममा महको सेवनले शरीरलाई न्यानो बनाउनुका साथै पाचन प्रक्रियामा सुधार हुन्छ ।

रसिला फल
सुन्तला, मौसमी जस्ता फलले शरीरलाई चिसो बनाउछ । यसले तपाईलाई रुखाखोकी तथा ज्वरोको समस्या हुन सक्छ । तर न्यानो घाममा बसेर सुन्तला मौसमी खाएमा भने यसले चिसो बढाउनका लागि धेरै असर गर्दैन् ।

प्रकाशित मिति : शनिबार, पुष १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij