चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले आफ्नाे इजलासको न्यायिक अभ्यास सुरु गरेको छ ।
महानगरले पहिलो अभ्यासस्वरूप साेमबार न्यू खरेल भाँडा पसल तथा गिफ्ट सेन्टरले लक्की ज्वेलर्सविरुद्ध हालेको रिटको सुनुवाइ गरेको हाे ।
सेन्टरले बिनाजानकारी पसल बन्द गराइएको भन्दै सञ्चालनको वातावरण तयार गर्न माग गर्दै मुद्दा दर्ता गराएको थियो ।
सेन्टरका सञ्चालक रामप्रसाद सापकोटाले दर्ता गराएको मुद्दाको सुनुवाइ गर्दै इजलासले लक्की ज्वयलर्सको नाममा मुद्दाको किनारा नलागेसम्म पसल सञ्चालन गर्न दिनु र ३० दिनभित्र मेलमिलाप गर्नु भनी अन्तरिम आदेशसमेत जारी गरेको छ ।
महानगर उपप्रमुख पार्वती शाहको संयोजकत्वमा रहेको न्यायिक समितिले पहिलो अभ्यासस्वरूप हेरिएको सो मुद्दामा वादीको तर्फबाट अधिवक्ता भूपेन्द्रजङ्ग थापा र प्रतिवादीको तर्फबाट कमलराज पाठकले बहस गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिले अभ्यास शुरु गरेको हो ।
सापकोटाले आफूले सम्झौताअनुसार पसल सञ्चालन गर्न नपाएको भन्दै उजुरी दिएका थिए ।
महानगरले भरतपुर महानगरपालिका न्यायिक समिति (कार्यविधिसम्बन्धी ऐन, २०७५) कार्यन्वयनमा आएसँगै सात वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । ऐन गत असारमा पारित भई स्थानीय राजपत्रमा प्रकाशित भएको थियो ।
समितिमा परेका उजुरी घरबहाल र मानो चामलको विषयमा रहेको कानूनी सल्लाहाकार खगेश्वर अधिकारीले बताए ।
प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्