बुटवल । बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा बुधबारदेखि सुरु भएको छ । नगरसभाको प्रथम बैठकमा चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।
चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसंगै चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।
जसअनुसार उपप्रमुख गुमादेवी आचार्यले न्यायिक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक–२०७५, सामाजिक समिति संयोजक सिताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक,२०७५ प्रस्तुत गरेकी छिन् ।
यस्तै आर्थिक विकास समितिका संयोजक टंकप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) प्रस्तुत भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।
नगरसभाको अर्को बैठक पुस २९ गते आइतबार बस्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : बुधबार, पुष २५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्