घोटालाको आशंकापछि कांग्रेस नेताले फिर्ता गरे संसदले दिएको गाडी

घोटालाको आशंकापछि कांग्रेस नेताले फिर्ता गरे संसदले दिएको गाडी

बुटवल- अनियमितताको आशंका गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफू चढ्दै आएको गाडी फिर्ता गरेका छन्।

उनले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडीकाे चाबी र ब्लुबुक प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरलाई बुझाएका हुन्।

‘यो गाडी खरिदमा अनियमितता र अपारदर्शिता भयो भन्ने प्रश्न उठिसकेपछि मेरो नैतिकताले यो गाडी चढ्न दिएन’, उनले गाडीको चाबी बुझाएपछि पत्रकारहरुसँग भने।

गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरिरहेको छ।

कांग्रेस संसदीय दलका नेताले गाडीको चाबी र ब्लुबुक बुझाएपछि सचिवालयका सचिव पुन मगरले गाडी सुरक्षित साथ राख्ने प्रतिक्रिया दिए। यसअघि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले पनि गाडी फिर्ता गरेका थिए।

प्रकाशित मिति : शुक्रबार, माघ ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij