काठमाडौँ– कुमारी हलमा शुक्रबार चलचित्र ‘दाल भात तरकारी’ को गीत सार्वजनिक कार्यक्रममा नायिका आँचल शर्माले माफी मागिन्। केही दिन अगाडि अन्तर्वार्ताका लागि आएका चलचित्र पत्रकारहरुलाई अन्तर्वार्ता नदिएको भन्दै पत्रकारले प्रश्न गर्दा उनले स्पष्टीकरण दिँदै माफी मागेकी हुन्।
आँचलले सुरुमा आफूलाई बोल्न निषेध गरिएको छ भन्ने आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिइन्, ‘कहिलेकाँही जे गर्दा पनि गाली खाइन्छ। म चलचित्रमा काम गर्दैछु, म्यूजिक भिडियोमा पनि काम गर्छु। चलचित्र गरिरहेको बेलामा म्यूजिक भिडियो पनि गर्दा धेरैले मलाई चलचित्रको गीतमा प्रभाव पर्दैन भनेर सोध्नुहुन्छ। मलाई सल्लाह पनि आएको थियो, चलचित्रको गीत अनि म्युजिक भिडियोमा काम गर्दै गरेको भन्दा दर्शकले कन्फ्युज हुन सक्नुहुन्छ। मलाई हो जस्तै लाग्यो, यूट्युबमा एकपछि अर्को भिडियो आउँदा कति आँचल शर्मा भन्ने दर्शकलाई लाग्न सक्छ भन्ने सोचेर दाल भात तरकारीको समयमा आउट अफ द बक्स अन्तरवार्ता दिन्न भनेको हुँ।’
यसैबीचमा चलचित्र पत्रकार डब्बु क्षेत्रीले नायिका आँचल शर्मालाई केही दिन अगाडि उनले अन्तवार्ता किन नदिएको भनेर प्रश्न गर्दा नायिकाले रमाइलो ढंगले उत्तर दिइन्। पत्रकार क्षेत्रीले ‘तपाईले मन लागेको बेलामा मात्र हामीसँग बोल्ने, नत्र हामी अन्तर्वार्ता लिन गएको ठाउँबाट फर्कनुपर्ने हो भनेर प्रश्न गर्दा नायिकाले भनिन्, ‘मेरो उद्देश्य त्यो होइन, गल्ती भएको भए माफी पाउँ। मेरो कुरा दात भात तरकारीको समयमा यही चलचित्र सम्बन्धित कुरा गर्दा उचित हुन्छ भन्ने मात्र हो।’
पत्रकार डब्बुका अनुसार केही दिन अगाडि आँचल शर्माले अन्तवार्ता लिन गएका पत्रकारलाई चलचित्र निर्माण टोलीले बोल्न निषेध गरेको अभिव्यक्ति दिएकी थिइन्।
चलचित्रका निर्माता समेत रहेका कलाकार किरण केसीले भने आफूले कसैलाई पनि बोल्न निषेध नगरेको खुलाएका थिए। ‘मैले कसैलाई बोल नबोल भन्न मिल्दैन,’ केसीले भने, ‘कति बोल्ने, कसरी बोल्ने भन्ने कुरा बोल्ने व्यक्तिमा निर्भर हुने कुरा हो।’
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्