JanataToday.com

Advertisment

SKIP THIS

भेनेजुएला प्रकरणमा ओली डराए, दाहाल प्रष्टः केसी

भेनेजुएला प्रकरणमा ओली डराए, दाहाल प्रष्टः केसी

बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीतिगत भ्रष्टाचार गराउन माफियाहरु संसद् प्रवेश गरेको आरोप लगाएका छन् ।
बुटवलमा प्रगतिशिल पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले संसदमा ठेकेदार र माफियाको प्रवेशले कानुन निर्माणमा समेत बदमासी भएको बताए ।

‘शिक्षा क्षेत्रमा माफिया, मेडिकल माफिया, व्यवसायी माफिया संसद् प्रवेश गरेर उनीहरुले चाहेजसरी काम गराउन खोजेका छन्–उनले भने–तिनै माफियाको अगाडि सरकारले घुँडा टेकेर लम्पसार परेको छ ।’

संवैधानिक आयोग र न्यायाधीश नियुक्तिमा समेत दलीय भागवण्डा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले भने–पैसा बुझाएर न्यायाधीश बन्नुपर्ने, राजदूत बन्नुपर्ने मुलुकमा सामान्य जनताले कसरी राम्रो सेवा पाउँछन्, तपाइँ आफै भन्नुस् ।’ उनले टाठाबाठा र सत्तामा रहेकाहरुका लागि समृद्धि आइसकेको र सर्वसाधारण जनता थिचोमिचोबाट माथि उठ्न नसकेको बताए ।

‘समृद्धि त मोहन समशेरको पालामा पनि थियो होला नि उनीहरुका आसेपासे र सत्ताका मान्छेलाई, आफन्तहरुलाई,–उनी तर्क गर्छन्–अहिले त्यहाँ भन्दा केही फरक देख्नुभएको छ ? देश त १०–१२ प्रतिशत टाठाबाठा र माफियाहरुले चलाइरहेका छन् ।’

भेनेजुएलाको विषयमा धारणा राख्दै नेता केसीले पूर्व एमालेका केही नेताहरु र सरकारमा रहेकाहरु अमेरिकाको डरमा वास्तविक कुरा बोल्न डराइरहेको बताए ।
‘अमेरिकाको तानाशाही प्रवृत्तिको विरोध गर्नुपर्ने ठाउँमा लोलोपोतो गरिरहेका छन्, उनले भने–पूर्वमाओवादीहरु प्रष्ट देखिए, उनीहरु सही बाटोमा छन् ।’

उनले भेनेजुएलाको विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको धारणाप्रति समर्थन गरे । ‘वास्तविक कुरा नै त्यही हो, उनी भन्छन्–भएको कुरा बोल्न किन डराउने ?’

प्रकाशित मिति : शनिबार, माघ २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij