दाङ । २४ औँ जनयुद्ध दिवसको अजसरमा दाङमा प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ । नेकपा लमही नगर कमिटिको आयोजनामा बिहान प्रभातफेरिको आयोजना गरिएको हो ।
रातो टीका लगाएर र मिठाईँ वितरण गरेर दिवस मनाइएको हो । नगर अध्यक्ष कुलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ईन्द्रजित थारु, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम प्रभातफेरीमा सहभागी भएका थिए ।

जनआन्दोलन र जन युद्धको जगबाट कम्युनिष्ट आन्दोलनअघि बढेको स्मरण गरेका छन् ।
जनताको अपेक्षा अनुसार सरकारले कामलाई प्राथमिकता दिनु पर्ने, शहीदलाई सम्मान गर्दै घाइते तथा अपांग भएकाहरुको उपचार, पुनस्र्थापनामा सहयोग गर्नु पर्नेमा जोड दिए । शहीद र घाइते परिवारलाई सधैँ स्मरण गर्नुपर्ने बताए ।


प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्