यसरी मनाउँदैछ प्रदेश ५ सरकारले स्थापना दिवस, ३ गते सार्वजनिक बिदा, ३ दिन विशेष कार्यक्रम

यसरी मनाउँदैछ प्रदेश ५ सरकारले स्थापना दिवस, ३ गते सार्वजनिक बिदा, ३ दिन विशेष कार्यक्रम

बुटवल । प्रदेश नम्बर ५ स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने भएको छ ।

फागुन २ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको हो । आन्तरिम मामिला तथा कानुन मन्त्रालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश स्थापना दिवसको अवसरमा जानकारी दिएको हो ।

आन्तरिम मामिला तथा कानून मन्त्री कुल बहादुर केसीले फागुन २ गते प्रदेश ५ का ६ वटा मुख्य मुख्य स्थानको राजमार्गमा सरसफाई कार्यक्रम गरिने छ । यस्तै प्रदेश सरकार स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक विदा दिने समेत घोषणा प्रदेश सकरले गरेको छ ।

फागुन २ गते हुने राजमार्ग सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले बुटलको ट्राफिका चौकबाट, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के सी कोहलपुर चोक बाँकेबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तु बाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भुरिगाउँ, बर्दियाबाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चौक नवलपरासीबाट सरसफाई अभियानमा सहभागी हुने छन् ।

उक्त सरसफाई कार्यक्रममा राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकाय एवम शिक्षण संस्थाहरुलाई समेत परिचालन गर्ने निर्णय भएको छ ।

सरसफाई कार्यलाई कम्तीमा मासिक रुपमा भएपनि गर्ने गरी स्थानिय तह, आमा समुह, समुदाय, क्लव लाई अनुरोध गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।

यस्तै राजमार्गलाई खुला दिशामुक्र क्षेत्र गराउनका लागि विशेषतः वन जंगल क्षेत्रमा आवश्यक देखिएको स्थानमा पुष र महिलाका लागि अलग अलग शौचालय निमार्ण को लागि सोही दिन नै शिलान्यास गराउने समेत निर्णय गरिरएको छ । सोही दिन नै प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदानको कार्यक्रम संचालन गर्ने र सोको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने भएको छ ।

फागुन ३ गते बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा जम्मा भई त्यहाँबाट बिहान ८ः०० बजे ¥याली सुरु हुने भएको छ । बुटवल मण्डपमा आयोजना हुने मुल समारोहमा प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने समेत कार्यक्रम रहेको छ । जुन कार्यक्रममा प्रदेश प्रमुखको मुख्य आतिथ्यता रहने छ ।

यस्तै फागुन ४ गते प्रदेश भित्रका मेडिकल कलेज र सामुदायिक तथा नीजि अस्पतालहरु लगायत सबै स्वास्थ्य संस्थालाई बीचमा उपयुक्त दिन र समयमा सकभर दुर्गम र विकट स्थानमा रहेका जनतालाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गर्नको लागि सामाजिक विकास मन्त्रालय मार्फत गरिएको हो ।

प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावली समेत गर्ने भएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij