बुटवल । प्रदेश ५ को प्रथम स्थापना दिवसका अवसरमा आज प्रदेश प्रमुख उमाकाकन्त झाले शुभकामना आदान प्रदान गरेका छन ।
हिजो साझ प्रदेश प्रमुखको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख झाले शुभकामना आदान प्रदान सहित रात्रि भोज समेत आयोजना गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्रि शंकर पोखरेल सहित प्रदखेश सरकारका मन्त्रिहरु, प्रदेश सभाका सभामुख पुर्ण बहादुर घर्ति, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका संसदीय दलका नेता बलदेव शर्मा, जिल्ला बिकास समिति रुपन्देृहीका प्रमुख एकराज बिक, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, प्रदेश सरकारका सचिवहरु सहित कर्मचारी तथा बिभिन्न सस्थाका अध्यक्ष प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रदेश प्रमुखको कार्यालयले प्रकाशित गरेको स्मारिकाको प्रदेश प्रमुख झा र मुख्यमन्त्रि पोखरेलले संयुक्त रुपमा बिमोचन गरे ।
कार्यक्रममा प्रदेश प्रमुख झाले संक्षिप्त लिखित मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्