संघीय सरकारले प्रदेशलाई शक्तिबिहीन बनायो: शाह

संघीय सरकारले प्रदेशलाई शक्तिबिहीन बनायो: शाह

बुटवल  । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संबिधानको बर्खिलाब हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रिलाई शक्तिबिहीन बनाउने काम गरेको टिप्पणी गरेका छन ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संबिधानमा शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था भएपनि संघीय सरकारले जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रमुख जिल्ला अधिकारीलाई संघ मातहत राखेर प्रदेशलाई शक्तिबिहीन बनाएको बताए ।

संघीय संसदमा प्रस्तुत हुन लागेको सञ्चार बिधेयकमा पनि पत्रकारलाई कस्ने गरी कानुन तर्जुमा गरीएको उल्लेख गर्दै उनले यस्तो बिधेयक पारित भएमा पत्रकारले स्वतन्त्र रुपमा काम गर्न नसक्ने अवस्था आउने बताए।

पछिल्लो समयमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्दा लगानी भित्रन नसकेको उनले बताए । लेखा समितिका सभापति शाहले एनसेलका टावरहरुमा बिष्फोट हुनुले लगानीकर्ताहरु त्रसित भएको बताए ।

उहाले वाईडवडी अनियमितता कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको बताउदै तत्काल कारवाहीका लागि आग्रह गरे ।

उहाले अनियमितता छानबिन गर्ने अख्तियार बाहेक समानान्तर समिति गठन गर्न नहुने बताउदै सरकारले अहिले गठन गरेको समिति गैरकानुनी भएको बताए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij