काठमाडौँ— हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा बिहीबार मुलुकका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगका कार्यालयमा एक दिने बिदा दिने भएको छ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको अन्तिम बिदा राष्ट्रिय सम्मानका साथ गरिने र उनको नाममा बिदा समेत दिन निर्णय गरेको हो।
हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ गर्ने निर्णय गरेको छ।
बुधबार आकस्मिकरुपमा बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई गर्ने निर्णय गरेको हो। सरकारले मन्त्री अधिकारीको सम्मानमा आधा झन्डा झुकाउने निर्णय गरेको छ।
यो सँगै सरकारले हेलीकप्टर दुर्घटनाबारे छानविन र त्यसको सत्यतथ्य पत्ता लगाउन एक चार सदस्यीय समिति गठन गरेको छ।
स्रोतका अनुसार पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
तेह्रथुमको चुहानडाँडाँस्थित सम्भावित विमानस्थल अध्ययन गरी पाथीभरा जाने बेला मन्त्री अधिकारीसहित ७ जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।
प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्