मुम्बई । २० वर्षपछि सलमान खान र सञ्जय लीला भन्साली एक रोमान्टिक फिल्ममा काम गर्दैछन् । यो फिल्मको नाम अहिलेलाई ‘हम दिल दे चुके सनम २’ बताइएको छ । तर, फिल्मको औपचारिक घोषणा भने गरिएको छैन ।
उक्त रोमान्टिक फिल्ममा सलमान खान त फाइनल भइसकेका छन् तर नायिका कसलाई लिने भन्ने कुरालाई सस्पेन्स राखिएको छ ।
खबरका अनुसार सलमान खान आफ्नो अपोजिटमा कटरिना कैफलाई चाहन्छन् । तर, भन्साली भने क्याटरिनालाई लिन त्यति चाहिरहेका छैनन् ।
भारतीय मिडियाका अनुसार सलमानले फिल्ममा क्याटरिनालाई लिन चाहेका छन् तर भन्साली भने बरु दीपिका पादुकोणलाई लिन चाहन्छन् । जबकि, भन्सालीले दीपिकालाई लिएर फिल्म निर्देशन गरिसकेका छन् ।
चर्चा त यो पनि छ कि, भन्सालीले यो फिल्मका लागि ऐश्वर्या राय बच्चनलाई पनि मनाउने कोशिश गरिरहेका छन् । त्यसो त फिल्मका लागि आलिया भट्ट र जाह्नवी कपूरलाई लिने कि भन्नेमा पनि छलफल भएको बताइन्छ ।
तर, जोडी नमिल्ने देखेर भन्सालीले आँट गरिरहेका छैनन् ।
यही फिल्मका लागि प्रियंका चोपडाको पनि नाम जोडिएको चर्चा छ । तर यो बारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।
भन्साली–सलमानको यो प्रोजेक्टको छायांकन सेप्टेम्बरको आसपास शुरु हुनेछ । त्यतिबेलासम्म सलमान खानले ‘दबंग ३’ को शूटिङ पनि सकिसकेका हुनेछन् ।
यो फिल्मलाई सलमान खान र भन्सालीले मिलेर निर्माण गर्नेछन् । फिल्म भने सन् २०२० मा रिलिज हुनेछ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्