काठमाडौं । सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो थियो उच्च अदालतले त्यसलाई सदर गरेको थियो ।
तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।
राउत सुन्धारा केन्द्रीय कारागार छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्