सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य : प्रधानमन्त्री

सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ ।

नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन र संविधान सशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

सरकारले सबै पक्ष र देशवासीमा समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पु¥याउनसमेत उहाँले सबैमा आह्वान गर्नुभयो ।

गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गर्नुभयो । इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) रहेका राउत गलत बाटोमा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर प्रबुद्ध व्यक्ति (थिङ्क ट्याङ्क) समेत भएको पाइएको चर्चा गर्नुभयो । सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन ? त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?”

मुलुकमा सुशासन कायमका लागि भ्रष्टाचारका घटनामा कारवाही हुन थालेको उल्लेख गर्दै उहाँले विगतमा भ्रष्टाचार हुने गरेको र वर्तमान सरकारले कारवाही थालेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij