सिकेराउतसंगको सहमतिले देश कालान्तरमा दुर्घटनामा फस्छ : कमल थापा

सिकेराउतसंगको सहमतिले देश कालान्तरमा दुर्घटनामा फस्छ : कमल थापा

बुटवल । रापपाका अध्यक्ष कमल थापाले सिके राउतसंग सरकारले गरेको सहमतिले देशलाइ कालान्तरमा दुर्घटनामा फसाउने दाबि गरेका छन् ।

‘दस्ताबेजका बुदाहरु सरल ढंगले लेख्न सकिन्थ्यो, लुकाएर, छिपाएर, रहस्यमय छ, छलछाम,जालझेल र अर्मुत ढंगले लेखिएको छ’ उनले भने ।

बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सिके राउप पुग्दा नाराबाजी,झण्डा प्रयोग हुदा सरकार मुक्दर्शक बनेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले स्वतन्त्र मधेश संगठनलाइ सरकारले बढि सम्मान गरेकोप्रति आपत्ती जनाए ।

सरकारले बिखण्डनलाइ स्वीकार गरेर सहमति गरेकोमा आपत्ती जनाउदै उनले कस्को शक्ति र प्रेरणाले सहमति भयो भन्दै प्रति प्रश्न गरे ।

‘देशमा सानै भएपनि बिखण्डनकारी तत्व सल्बलाए,आफैमा बिरोधाभाष ,अमुत, बिबादित र रहस्यमय छ ’, तत्कालिन माओबादीपनि सानै थियो,यो मुद्धा बेलैमा नटुंगाए कालान्तरमा द्वन्द्व हुनसक्छ । , सरकारले सिकेलाइ कारबाही गर्नुपर्छ ।

नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबि गरे ।सरकारका गतिबिधिप्रति जनता निरास भएको उनको तर्क छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij