पार्टनरलाई धोका कुन दिनमा बढी ?

पार्टनरलाई धोका कुन दिनमा बढी ?

बुटवल । के धोखा दिनलाई पनि कुनै मुहुर्त हुन्छ ? के मानिसले कुनै दिन, बार, गते तथा तिथि हेरेर आफ्नो प्रियजनमाथि धोकाधडी गर्दछ ? कुन दिन कति बजे मानिसले आफ्नो पार्टनरमाथि बढि धोकाधडी गर्दछ ? वास्तवमा यो मान्छेको चरित्र, मौका आदिमा भर पर्दछ ।

एक डेटिङ वेबसाइटले यही विषयमा अध्ययन गरेर एउटा रोचक निष्कर्ष निकालेको छ । बेलायतको चर्चित वेबसाइट इलिसिट इन्काउन्टर्सका अनुसार हप्ताको सोमबार र शुक्रबार मानिसहरुले आफ्नो पार्टनरलाई सबैभन्दा धेरै मात्रामा धोका दिन्छन् ।

अझ सोमबार बिहान ८ देखि ९ बजेसम्म र शुक्रबार राति ९ देखि १० बजेसम्म । डेटिङ वेबसाइटले बिवाहेत्तर सम्बन्धमा रहेका आफ्ना प्रयोगकर्ताहरुले गर्ने मेसेजको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको हो ।

कामकाजको समयतालिका तथा परिवारको मागका कारण उक्त दिनहरुको त्यस समयमा पार्टनरहरुमाथि बढि धोकाधडी हुने गरेको निष्कर्ष उक्त डेटिङ साइटले निकालेको छ ।

शनिबार र आइतबार विदा हुने र विदाको दिनहरुमा परिवारसँग समय बिताउनु पर्नाका कारण सोमबार हुने बित्तिकै मानिसहरु आफ्नो अर्को अवैध सम्बन्धवाला मानिससँग सम्पर्क राख्दछन् ।

सोमबार बिहान ८/९ बजेको समयमा धेरैजसो मानिस आफ्नो अफिसतर्फ गइरहेका हुन्छन् र सोही समयमा ढुक्क भएर आफ्नो अवैध पार्टनरलाई मेसेज गर्दछन् भेटघाटका लागि अनुरोध गर्दै ।

त्यस्तै शुक्रबार रातिको हकमा चाहीँ अब सप्ताहन्तका दुई दिन भेट गर्न नपाइने भयो भन्दै आफ्नो अवैध पार्टनरसँग भेट्ने वा कम्तिमा पनि कुराकानी गर्नका लागि उनीहरुले शुक्रबार राति ९/१० बजेको समयमा बढी भन्दा बढी मेसेज गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij