‘मिर्गौला स्वास्थ्य सबैका लागि सबैतिर’ नारासहित विश्व मिर्गौला दिवस मनाईदैँ

‘मिर्गौला स्वास्थ्य सबैका लागि सबैतिर’ नारासहित विश्व मिर्गौला दिवस मनाईदैँ

बुटवल । विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ।

सन् २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन थालिएको हो। यो वर्ष ुमिर्गौला स्वास्थ्य सबैका लागि सबै तिरु भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ।

शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान र अस्वस्थ जीवनशैलीका कारण बढ्दो मोटोपनसँगै मधुमेह, उच्च रक्तचापजस्ता समस्याका कारण मिर्गौला जोखिममा परेको चिकित्सकहरु बताउँछन्।

बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौलाको अवस्थाबारे थाहा पाइराख्नुपर्ने भन्दै उनीहरुले परीक्षण निकै सस्तो तर, रोग लागिसकेपछि उपचार निकै महँगो रहेकाले बेलैमा सचेत हुन सुझाव दिएका छन्। स्वस्थ मानिसले २४ घण्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ।

तर मिर्गौलामा समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ। पिसाबमा फिँज देखिने, जिउ सुन्निने, स्वास फेर्न गाह्रो हुने, रक्तचाप बढ्ने, खानामा रुचि घट्दै जाने र खान मन नलाग्ने जस्ता समस्या देखिए तत्काल मिर्गौला परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाब छ।

नेपालमा १२ प्रतिशत मानिसमा मधुमेहको समस्या रहेको र तीमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब रहेको तथ्यांक छ। एक तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका नयाँ मिर्गौला रोगी थपिने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० मध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुने गरेको छ।

सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राखे मिर्गौलालाई जोगाउन सकिने त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा। दिव्य सिंह शाह बताउनुहुन्छ।

सरकारले मिर्गौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ। नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij