बुटवल । आलिया भट नयाँ पुस्ताकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनी शुक्रबार आफ्नो २६ औँ जन्मदिन मनाइरहेकी छन् । उनले २०१२ मा आएको चलचित्र स्टुडेन्ट अफ द ईयरमार्फत आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।
उनले चाइल्ड एक्टर (बाल कलाकार) का रुपमा पनि काम गरेकी थिइन् ।
स्टुडेन्ट अफ द इयरको अडिसन हुँदा आलिया १७ वर्षकी थिइन् । एक रिपोर्टका अनुसार आलिया स्कूलकै ड्रेसमा अडिसन दिन पुगेकी थिइन् । झण्डै पाँच सय युवतीलाई पछि पार्दै आलिया छनौटमा परेकी थिइन् ।
यो चलचित्र बाक्स अफिसमा हिट सावित भएपछि आलियाको चर्चा चुलिएको थियो । यसमा वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि अहम भूमिका निभाएका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्