हत्याहिंसा त्यागेर वार्तामा आउन विप्लव समूहलाई देउवाको आग्रह

हत्याहिंसा त्यागेर वार्तामा आउन विप्लव समूहलाई देउवाको आग्रह

पाल्पा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेसमाथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने उनको भनाइ थियो।

नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस रेलिङ भाच्ने पार्टी नभएको बताए।

नेपाली काङ्ग्रेस हिन्दु धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपालको संविधानको व्यवस्था मान्ने बताए। गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दु धर्मका पक्षमा बोलेर केही नहुने उनको भनाइ थियो।

प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij