प्रचण्ड आज पत्नीसहित अमेरिका जाँदै

प्रचण्ड आज पत्नीसहित अमेरिका जाँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेलुका अमेरिका प्रस्थान गर्दै छन् । श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड परिवारका केही सदस्यसहित अमेरिका जान लागेका हुन् ।

पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि सीताको उपचारका लागि प्रचण्ड उनलाई लिएर अमेरिका जान लागेका हुन् ।

सीताको उपचार यसअघि भारत र सिंगापुरमा हुँदै आएको थियो । स्वास्थ्यमा खासै सुधार नआएपछि प्रचण्ड परिवार अमेरिका जान लागेको हो । प्रचण्ड र सीताका साथमा छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका जाँदै छन् ।

झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि त्यसतर्फ जान लागेका नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको तीव्र आलोचना गरेपछि अमेरिका जाने कार्यक्रम सार्दै आएका थिए ।

भेनेजुएला प्रकरणपछि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले उनलाई निवासमै भेटेर अमेरिका जान सहजीकरणसमेत गरेका थिए ।

यसअघि २००८ सेप्टेम्बरमा (२०६५ असोज) संयुक्त राष्ट संघको साधारण सभामा प्रधानमन्त्रीको हैसियतमा भाग लिन प्रचण्ड त्यसतर्फ गएका थिए ।

मानव अधिकार उल्लंघनको आरोपमा कारवाही हुने आशंकाका कारण दाहालले अमेरिका लगायत युरोपका केही मुलुकको यात्रा टार्दै आएका थिए ।

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij